बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ बेपत्ता

काठमाडौँ – भारी वर्षापछि आएको बाढी, पहिरो, र डुबानका कारण अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ। विपद्बाट ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीका अनुसार, काठमाडौँ उपत्यकामा मात्र ४८ जनाले ज्यान गुमाएका छन्। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।

शनिबार रातिसम्म नेपाली सेनाको हेलिकप्टरद्वारा मकवानपुर, सिन्धुली, र काभ्रेपलाञ्चोकबाट ६८ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले जनाएका छन्। उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ र काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।

प्रतिक्रिया