मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -
तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –
सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । पढाइमा प्रगती हुने दिन रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ साथीभाइले काममा सहयोग जुटाउन सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज ठूला ब्यक्तीहरुबाट मान सम्मान प्राप्त होला । मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथी भाइसँग सम्बन्ध गाँसिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विगतका कमजोरी सच्याउने मौका छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धन लाभ होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) उठ्नु पर्ने रकम हात लागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विभिन्न सहयोग र उपहार पाइनेछ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।