काठमाण्डौ । चर्को रुपमा बढिरहेको इन्धनको मूल्यमा केही कमी आउने देखिएको छ । भारतले आज पठाएको नयाँ मूल्य सूचीमा केही मूल्य घटेको आयल निगमले जनाएको छ ।
आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । नयाँ मूल्य सूची अनुसार केही मूल्य घटेको छ भने केहीमा बढेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको छ । पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।
‘पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०।३८ पैसा बढेको छ, अहिलेको मूल्य सूची अनुसार निगमलाई मासिक करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।
यसअघि चैत महिनामा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।