चौथो राष्ट्रपति रनिङ  शिल्ड प्रतियोगिता  सम्पन्न

कमल राज ढकाल, कालिका । कालिकामा आइतबार देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मेयर विनोद रेग्मीले उद्घाटन खेल को अझ सम्पन भएको हो ।

सो अबसरमा उनले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएकाले प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।

उनले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा राख्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए । उनले शिक्षा र खेलकुदको माध्यमबाट दुव्यसनमुक्त नगर बनाउने बताए । सो प्रतियोगितामा कालिका नगरपालिकाका १२ वडा बिद्यालयबाट ८५० बिद्यार्थीहरु सहभागी भएका थिए । सो प्रतियोगीतमा २० स्वर्ण १६ रजत र ५ काश्य सहित भिमोदय नमुना मावि कालिका ५ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै पृथ्वी मावि कालिका ७ ले स्वण १०,रजत १४ काश्य १५ सहित द्धितिय स्थान प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगीतमा तृतीय स्थान हासिल गर्न सफल सिद्धिविनायक आमाबि कालिका ६ ले स्वण ४, रजत ४, काश्य ११ प्राप्त गरेको छ । यता सान्त्वना भने चतुर्मुखी माबि कालिका ९ ले स्वण ३, रजत ४, काश्य ५ पदक जित्न सफल भएको छ ।खेल को अन्तिम दिन कार्यक्रममा उपमेयर विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्याय, वडाध्यक्ष दीपक ,तिकाराम रेग्मी,कमल मोक्तान भट्टराई, लक्ष्मन पौडेल लगायतले मन्तव्य राखेका थिए । सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा भएको राष्ट्रपति रनिङशिल्ड खेल अझ सम्पन्न भएको हो । 

प्रतिक्रिया