काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाले बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित भएको छ।
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको संस्थाले शनिबार साधारणसभा गरेको हो। सभाले ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड २४ लाख १४ हजार ७ सय ३६ रुपैयाँ नगद लाभांशको प्रस्ताव पारित गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट गत असार मसान्तमा कायम चुक्ता पुँजी ६० करोड ८४ लाखको ७० प्रतिशतले हुन आउने रु. ४२ करोड ५८ लाख ८० हजार बोनस सेयर पारित गरेको हो। यस्तै ३.६८४२ प्रतिशतले हुनआउने २ करोड २४ लाख १४ हजार ७ सय ३६ रुपैयाँ नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) साधारण सभाबाट पारित भएको छ।
सेयरधनीमध्येबाट २ जनालाई साधारणसभाले सञ्चालक समितिमा ल्याएको छ। गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचन प्रक्रियाबाट सञ्चालक समिति सदस्यमा आएका हुन्।
सेयरधनीमध्येबाट सञ्चालक समितिमा जान तयारमध्ये खतिवडाले ६७,४४७ मत, सिटौलाले ५३,९०३ र ज्ञानबहादुर पौडेलले ४,५३७ मत पाएका थिए। सञ्चालक सदस्यमा निर्वाचित दुवैलाई संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रमाणपत्र हस्तान्तरणसँगै सपथ ग्रहण गराएका थिए।