लगानीकर्ता आत्तिने गरि शेयर बजार ओरालो लाग्दै,कारोबार रकम २ अर्ब पनि पुगेन

काठमाण्डौ । शेयर बजारमा पहिरो जानेक्रम निरन्तर जारी छ । यो हप्ता पुरै दिन घटेरै भन्द भएको बजार बुधबार पनि दोहोरो अंकले घटेर बजार बन्द भएको छ । 


गत बुधबार ४० अंकले बढेको नेप्से त्यस यताका पाँच कारोबार दिनमा दैनिक दोहोरो अंकले घट्दै आएको हो । पाँच दिनमा नेप्से १४० अंकले घटेको हो । बिहीबार करिब २४ अंकले घटेको नेप्से आइतबार ३०।८९, सोमबार १४।८८, मंगलबार ४६।४६ र बुधबार २३।३३ अंकले घटेको हो ।

राष्ट्र बैंकले विलासीताका वस्तुहरुको आयात निरुत्साहनका लागि प्रतितपत्र नखोल्न निर्देशन दिएपछि घट्दो बजार थप प्यानिकको अवस्थामा पुगेको हो । केन्द्रीय बैंकले सिडी रेसीयो ९० प्रतिशत माथि पुगेका बैंकहरुलाई कर्जा विस्तार गर्न समेत रोक लगाएको छ । आगामी असार मसान्तमा सिडी ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थामा बैंकहरु रहेका छन् ।

बैंकिङ्ग प्रणालीमा तरलता अभाव हुँदा बजारमा ठूलो लगानीका लागि स्रोत उपलब्ध छैन भने यसअघि नै सेयर धितोमा लागू भएको ४।१२ नीतिका कारण बुलिस बजार वियरिस प्रवृत्तितिर फर्किएको हो ।

बुधबार २३।३३ अंकले घटेसँगै नेप्से सूचक २४२८।७५ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार सूचक २।२८ अंकले ओरालो लाग्दा ४५५।९४ बिन्दुमा झरेको छ । यस्तै करोबार रकम समेत २ अर्बमा खुम्चिएको छ । यसदिन २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर ३८ हजार १७८ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ ह्जार ७६४ रुपैयाँमा समेटिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय