रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
रमेश सेन्चुरी/बागलुङ - नेपालमा पछिल्लो समय कोरोना संक्रमण फेरि बढ्दै गइरहेको छ । यसै बीच कोरोना विरुद्धको खोप कार्यक्रमलाई समेत तिब्रता दिइएको छ ।
बागलुङ नगरपालिका वडा नं ७ मूलपानीमा आज एक कार्यक्रम बीच वडा बासीलाई कोरोना विरुद्धको J &J कम्पनीको खोप लगाइएको छ ।
५०-५५ उमेरका नागरिक, अशत्त तथा अपाङ्ग नागरिक वैदेशिक रोजगारमा जाने ब्यत्तिहरूलाई बागलुङ नगरपालिका वार्ड न. ७ मा रहेको मुलपानी स्वास्थ चौकीमा १५४ जनालाई खोप लगाइएको छ ।
सो कार्यक्रममा वडा अध्यक्ष अध्यक्ष खगराज पाण्डेको प्रमुख आतिथ्यमा स्वास्थकर्मीले खोप लगाइदिएको मूलपानी स्वास्थचौकीका प्रमुख महेन्द्र शर्मा प्रकाशले जानकारी दिनु भयो ।
आफ्नो वडाका नागरिकलाई प्राथमिकताका साथ खोप कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष पाण्डेले बताउनु भयो ।