कोरोनाविरुद्ध लड्न क्यानडाले नेपाललाई पठायो स्वास्थ्य सामग्री

काठमाडौं  - कोरोनाभाइरसविरुद्धको लडाइँमा सहयोगका लागि नेपाल सरकारले अनुरोध गरेपछि क्यानडाले महत्त्वपूर्ण स्वास्थ्य सामग्री पठाएको छ । 

आइतवार त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहमा काठमाडौंस्थित अनरेरी कन्सल अफ क्यानडा डा बुद्ध बस्न्यातले स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरे । 

ती स्वास्थ्य सामग्रीहरू क्यानडा सरकारले चार्टर उडानमा राखेर पठाएको हो । ती सामग्रीमा २७ वटा भेन्टिलेटर, १५ हजार ४८ वटा फेस शील्ड तथा १८ सय ९० वटा गाउन लगायतका सामग्री छन् । 

 

नेपाल सरकारले क्यानडा सरकार तथा मनकारी क्यानाडेली जनतालाई धन्यवाद दिएको भनी परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रतिक्रिया