साताको दोस्रो दिन सामान्य अंकमा बढ्यो नेप्से

काठमाडौंँ - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १५.८२ अंक घटेर २०३२.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१९ अंक बढेर २०३२.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेकाे छ।

मंगलबार प्रि ओपन सेसनमा ४ स्टकको १ लाख १४ हजार ९१२ रुपैयाँ ५० पैसा बराबरको २८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।

प्रतिक्रिया