नेपाल दलित मुक्ति अभियानको बागमती प्रदेश भेला सम्पन,मुक्तिको लडाइँमा एक हुन प्रतिबद्दता

काठमाडौं - नेपाल दलित मुक्ति अभियानको बागमति प्रदेश स्तरिय प्रथम भेला शनिबार सम्पन्न भएको छ । 

कार्यक्रमको अवसरमा बोल्दै नेपाल दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष सुनिल कुमार लोहनीले दलित समुदायको हक अधिकारको सूनिश्तिताका लागि यस अभियानले हरबखत पहल गरिरहेको बताउनुभयो । 

सरकारको नेतृत्व गरेकाहरुले दलितका लागि कागजी नियम बनाउने तर कार्यान्वयन पक्षमा चासो नदिँदा शिक्षा, स्वास्थ्य र रोजगारीमा दलित समुदायहरु पछाडी बताउनुभयो । लोहनी राज्यको हरेक तह र तप्कामा दलितको पहुँच नहुँदासम्म जातिय विभेद, दमन शोषणको अन्त्य नहुने बताउनुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै सत्तामा पुगेका कुनै पनि नेता कार्यकर्ताबाट नै दलित समुदाय अपहेलित भएको दलित अगुवाहरुले बताएका छन् । जुनसुकै पार्टीको झण्डा बोके पनि दलितले मुक्ति नपाएको भन्दै देशभरका दलितलाई एकजुट भएर विभेदका विरुद्ध लाग्न आह्वान समेत गर्नुभयो ।

जातिय विभेदका विरुद्ध संविधानमा समेत उल्लेख गरिएको भएपनि व्यवहारमा लागू गर्नका लागि समेत आवश्यक रहेको उनीहरुले भनाइ छ । भेलाले बागमती प्रदेश स्तरीले नयाँ कार्यसमिति चयन गर्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय