सरकारले घोषणा गरेको सार्वजनिक विदा कति गतेलाई हो ?

काठमाण्डौ – सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गाईजात्रा दिन काठमाण्डौ उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकोमा देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले गाईजात्रा र कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गते गाईजात्राको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो । यसवर्ष भदौ १४ गते परेको कृष्ण जन्माष्टमी पर्वमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिक्रिया