सन्दिप लामिछाने जेल जानु नपर्ने

काठमाडौं । सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको छ । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका छन् ।

उच्च अदालतमा केही बेरअघि सन्दीपको पुनरावेदन दर्ता भएको हो । मुद्दा दर्तासँगै उच्च अदालतका रजिस्टारले उनलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएको स्रोतले बतायो ।

प्रतिक्रिया