मंगलबार पनि बढेर बन्द भयो शेयर बजार,कारोबार रकम ३ अर्व नजिक

काठमाडौं - मंगलबार नेप्से परिसूचक १६ अंकले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २६५० बिन्दुमा पुगेको छ । 

सोमबार पनि नेप्से बढेर बजार बन्द भएको थियो । आज कारोबार रकम २ अर्ब ५१ करोड माथि पुगेको छ । 

कारोबार भएका मध्य १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको भने घटेको छ । त्यस्तै  १० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

वित्त र हाइड्रो उपसुचक बाहेक अरु सबै सूचकमा हरियाली छाएको छ साथै बीमा उपसूचक सबै भन्दा धेरै बढेको छ । एक कम्पनीको शेयर मूल्यका सर्किट लागेर कारोबार हुँदा प्रभु इन्स्योरेन्सको संस्थापक शेयरको कारोबार सबै भन्दा धेरै भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय