के ५ महिना पछि यो हप्ता आइपीओ जारी हुँदै छ ?

काठमाडौं - गत बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो । एकै पटक ५ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो । 

यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । कम्तीमा पनि यो शुक्रबार १ कम्पनीले आइपीओ निष्कासन गर्न सक्ने अनुमान गरिएको छ । 

यो हप्ता पनि बाकी कम्पनीहरुले आइपीओ निष्कासनको अनुमति पाउने र संख्या बढ्दै जाने भएको हुँदा क्रमस आवेदन खोल्दै जानु पर्ने हुन्छ । बोर्डमा ७ अर्ब हाराहारीको २५ भन्दा धेरै कम्पनीको आइपीओ निष्कासनको लागि पाइपलाइनमा छन् । 

बोर्डमा प्रमुख नहुँदा आइपीओ निष्कासन प्रभावित भएको थियो । गत बुधबार निष्कासन अनुमति पाउने कम्पनीहरु यस्ता छन् 

१. बलेफी हाइड्रोपावर

- ३६ करोड ५५ लाख ९४ रुपैयाँको ।

२.ग्रीन भेन्चर

-६२ करोड ५० लाख रुपियाको । 

३. जल्पा सामुदायिक लघुवित्त

- ५ करोड २२ लाख रुपैयाँको ।

४. रास्ट्र उत्थान लघुवित्त

-८ करोड ५० लाख 

५. नेस्डो समृद्ध लघुवित्त 

- ८ करोड २८ लाख 

प्रतिक्रिया