तिहारको मुखैमा भयानक दुर्घटना,एकै परिवारका ४ को ज्यान गयो

काठमाण्डौ - ललितपुरमा आगलागीबाट ४ जनाको मृत्यु भएको छ ।

ललितपुरको मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा लागेको आगलागीबाट ४ जनाको मृत्यु भएको हो ।आगलागीमा परेर मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रञ्जना ताम्राकार र निर्मल ताम्राकार रहेका छन् ।

आगलागीमा परेर दुई जना घाइते भएका महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

म्ह: पूजा गर्ने क्रममा बालिएको बत्तीबाट आगो सल्किएको र पछि ग्यास विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय