काठमाडौं - विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् ।
उपचारपछि अस्पताललाई तिर्ने पैसा नभएपछि उनी घर जान सकेका थिएनन् । आत्महत्या गर्ने धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डल रहेका छन् ।
उनी मंसिर ४ गते अस्पताल आएका थिए भने ७ गते डिस्चार्ज भएका थिए । अस्पताललाई तिर्ने पैसा नहुँदा उनी घर जान सकेका थिएनन् ।
शुक्रबार बिहान करिब ६ बजे अस्पतालबाट हामफालेका मण्डलको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ । उनको अस्पतालमै १९ हजार तिर्न बाकी थियो ।