काठमाडाैं - बुधबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ, जसमा प्रतितोला ८०० रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार, छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि भदौ ५ गते, छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा पुगेको थियो। तर, आजको बजारमा सुनको मूल्यले यो उचाइलाई पार गर्दै नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जबकि मंगलबार यो प्रतितोला एक हजार ८५० रुपैयाँमा किनबेच भइरहेको थियो।