जाल्पा सामुदायिक लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार हुन सकेन, के भन्छ रजिष्टार प्रभु क्यापिटल ?

काठमाण्डौ । गत फागुन १ गते शेयर बाँडफाँड भएर पनि दोस्रो बजारमा कारोबार हुन नसकेको जाल्पा सामुदायिक लघुवित्तको शेयर आगामी साता सम्ममा सूचिकृत भइ कारोबार हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

लामो समयसम्म पनि दोस्रो बजारमा कारोबार नभए पछि लगानीकर्ताले यस विषयमा चासो राखेका छन । दर्ता प्रक्रिया ढिलो हुनुमा क्यापिटलको भन्दा पनि लघुवित्तकै कारण भएको खुल्न आएको छ । बाँडफाँड पनि शेयर रजिष्टार चयन गर्नको लागि कम्पनीले ढिलो गरेका कारण दर्ता प्रक्रिया केही पछि सरेको प्रभु क्यापिटलको भनाई छ । 

यसो त दर्ताको लागि नेप्सेमा निवेदन दर्ता गरिसकिएको साथै पोखरा केन्द्रिय कार्यालयबाट कम्पनीका प्रतिनिधि आएपछि बाँकी काम सकिने क्यापिटलको विश्वास छ । आँउदा साता सम्ममा हामीले दर्ता प्रक्रिया सक्ने गरि काम  अगाडि बढाएका छौं, क्यापिटलको भनाई छ ।

सो कम्पनीले ५ करोड २२ लाख रुपियाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो । ०।५ प्रतिशत लघुवित्तका कर्मचारीहरूलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई र ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि खुल्ला गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय