काठमाडौंं - शेयर बजार अझै माथि उठन सकेको छैन । बजेटमा लगानीकर्ताका माग पुरा नगरेको भन्दै १९ बुँदे माग राख्दै आन्दोलन गरी रहेका लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डको माग सम्बोधन गर्ने प्रतिबद्दतासँगै आन्दोलन फिर्ता लिए पनि शेयर बजारमा सुधार आउन सकेको छैन ।
बजारमा मौद्रीत नीतिको समिक्षा हुदैं गर्दा शेयर बजार भने निरन्तर ओरालो लागेको छ । लगानीकर्ता लगानी गर्ने डराइरहेको अवस्था छ । आइतबार मौद्रीत नीतिको समिक्षा कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र ओरालो लागेका जस्ता अभिब्यक्ति दिएकाले पनि शेयर बजार लगानीकर्ताको उत्साह घटेको आंकलन गरीएको छ ।
यसका साथै महन्गी बढेको पेट्रलियम पदार्थको मूल्य आकाशियको भन्दै छिमेकी राष्ट्र श्रीलङ्कामा भएको आन्दोलनले पनि नेपाली लगानीकर्ता प्रभावित भएको विज्ञहरु बताउन छन् ।सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.०१ अकंले घटेर १९१५.६१ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.७१ अकंले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा भारी गिरावट आउदाँ १३ वटै उपसूचक राताम्य भएका छन् । सोमबार बैकिङ समूहको २.७७ प्रतिशत, ब्यापार समूहको ५.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.१८ प्रतिशत, विकास बैंक समूहको ४.४५ प्रतिशत, हाइड्रोपावर समूहको ५.१९ प्रतिशत, फाइनान्स समूहको ५.७३ प्रतिशत, निर्जीवन बीमा समूहको ४.५१ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ३.३१ प्रतिशत, अन्य समूहको ४.७४ प्रतिशत, माइक्रोफाइनान्स समूहको ४.३ प्रतिशत, जीवन बीमा समूहको ४.५४ प्रतिशत, म्युचुअल फण्ड समूहको २.४४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ४.३१ प्रतिशतले शेयर मूल्य घटेको हो ।