भारतमा कोरोना भयाभह बन्दै,नेपालमा पनि ह्वात्तै बढे संक्रमित

काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । 

सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् । 

यस अघि मंगलबार दिल्लीमा संक्रमितको संख्या कुल ५ हजार ४८१ संक्रमित फेला परेका थिए । सोमबार ४ हजार र आइतबार ३ हजार जनामा संक्रमण फेला परेको थियो । तीन दिनमा संक्रमितको संख्या तीन गुणा भएको हो । 

पछिल्लो २४ घन्टामा ४३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा र मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा १० हजार २६७ वटा नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय