रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं । उपचारमा लापरबाही गरेको कसुरमा बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर दोषी ठहर भएका छन् ।
उपचारमा लापरबाहीसम्बन्धी मुद्दामा फागुन १० गते बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले बिरामीको उपचारमा लापरबाही भएको ठहर गर्दै बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झालाई दोषी ठहर गर्दै उनीहरूबाट पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार अनुसार न्यायाधीश घिमिरेको इजलासले उपचारमा लापरबाही भएको ठहर गर्दै पीडितलाई ५ लाख ५२ हजार ८३० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।