अभियान लघुवित्त शेयरको बाँडफाँड मिति तोकियो

काठमाण्डौ । केही समयअघि मात्र शेयर निष्कासन गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बाँडफाँड मिति तय भएको छ ।  कम्पनीको शेयर आँउदा सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म प्राथमिक शेयर निष्कासन गरेको थियो ।


सो लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जनाले २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन दिएका छन । 

यो लघुवित्तले निस्कासन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३।७० गुणा बढी हुन आउँछ । लघुवित्तले निस्कासन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयर मध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने छन् ।

प्रतिक्रिया