बरुण हाइड्रोपावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति

काठमाडौं - बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।

कम्पनीले रू. १०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बुधवार स्वीकृति पाएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू. ५३ करोड ५८ लाख पुग्नेछ ।

प्रतिक्रिया