आज किन एक्कासी बढ्यो कोरोना संक्रमण ? यस्तो छ पछिल्लो अपडेट

काठमाण्डौ - नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै गएको देखिएको छ । 

पछिल्लो २४ घण्टामा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको छ भने १६ सय ८६ जना निको भएका छन् । सोही अवधिमा २५ जनाको मृत्यु भएको छ । 

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९९३ जना छन् । काठमाडौंमा ६७१, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनालाई पोजेटिभ देखियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार ९०७ जना छन् जसमध्ये अहिले ६६९ जना आइसियु र १६६ जना भेन्टिलेटरमा रहेका छन् । 

प्रतिक्रिया