क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजायसहित ३ लाख जरिवाना भराउने फैसला भएको छ । काठमाडौँ जिल्ला अदालतले सन्दीप विरुद्ध  सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । अदालतले पीडित महिलाको उमेर पुगेको ठहर समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय