अन्तिम दिन नेप्सेमा दोहोरो अंकको पहिरो, प्रोफिट बुकको असर भएको दाबी

काठमाडौ - लगातार बढिरहेको नेप्से परिसूचक आज बिहीबार पनि दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि कारोबार रकममा पनि सुधार आएको छ । 

आज नेप्से परिसूचक 18 अङ्क भन्दा धेरैले घटेपनि कारोबार रकम पनि दुई अर्ब माथि पुगेको छ । 

228 कम्पनीहरूको शेयर खरीदविक्री भएकोमा जाल्पा लघुवित्तकाे शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । 

तीन दर्जनभन्दा धेरै कम्पनीहरूको शेयर मूल्य बढेर कारोबार हुँदा 151 भन्दा धेरै कम्पनीको सेयर मनले भने घटेको छ । आज शिवम् सिमेण्टको सबैभन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा बिमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ । 

लगातार 4 दिन सम्म नेप्से परिसूचक बढेसंगै profit बुक गर्न खोज्दा आजको बजारमा correction आएको जानकारहरूको भनाइ छ । 

 

प्रतिक्रिया