कठमाडौं । शेयर बजार निरन्तर ओरालो लाग्दै गएको छ । बुधबार पनि शेयर बजार ५ अंक भन्दा धेरैले घटेको छ । मंगलबार भने अर्धसतक भन्दा धेरैले बजार घटेको थियो ।
आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि ओरालो लागेर २ अर्बमा झरेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज ५।११ ऋकले ओरालो लागेर २०५७।६८ बिन्दमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४५।४२ अकंले बन्द भएर २०६०।७३ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको थिया।
नेप्से ओरालो लाग्दा आज नागरिक लगानी कोषको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १० करोड ६८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ८८ लाख ८१ ह्जार, हिमालयन डिस्टलरीको ६ करोड ७१ लख ३७ हजार, नबिल बैंकको ६ करोड ४६ लाख ८९ हजार रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ६८ लाख ६१ ह्जार रुपैयाँको कारोबार भएको हो ।