अर्थमन्त्रीले बजेटका लागि निजी क्षेत्रसँग सुझाव लिए


काठमाडौं–अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ७९÷८० को बजेट निर्माणका लागि निजी क्षेत्रसँग सुझाव लिएका छन् । उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई विहीवार मन्त्रालयमा बेलाएर सुझाव लिएका हुन् ।
सो छलफलमा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालिन, मध्यकालिन् र दीर्घकालिन सुझाव पेश गरे । उनले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमता भन्दा बाहिरको बिषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको बताए ।


‘अहिले हामी जुन समस्याबाट गुज्रिरहेका छौं । यो नियन्त्रण गर्ने कुरा भनेको सरकारको क्षमतता भन्दा बाहिर छ । त्यसैले निजी क्षेत्रको मनोबल पनि धेरै खस्केको छ’ उनले भने । त्यस्तै उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिए । उनले ऊर्जामा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै पिपिए रोक्ने काम ठीक नभएको धारणा राखे ।


कार्यक्रममा चेम्बर अफ कमर्सको बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमैत्री बातावरण सृजना गर्न सुझाव दिए ।  मन्त्री शर्माले निजी क्षेत्रलाई बिश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पुरा गर्ने दिशामा अघि बढिरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए । बजेटमा व्यवसायीको मात्र नभई दुरदराजका सर्वसाधरणको पनि कुरा सुनिने उनले बताए । ‘अहिले तपाईहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु । केही दिनमै कर्णालीदेखी झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं र यसपटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्बजनिक गर्छौं’ मन्त्री शर्माले भने ।


शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणले गर्दा अप्ठ्यारो परेको उनले बताए । उनले राजनीज्ञ, कर्मचारी, व्यवसायी र आम उपभोक्ताले देशको हित सोच्दा आफ्नो स्वार्थको कुरा हेर्न नहुने बताए ।  
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय