काठमाण्डौ । नेपालको शेयर बजार अहिले पनि केही ब्यक्तिहरूको नियन्त्रणमा छन भन्ने कुरा चौतर्फी उठिरहेको छ । बजारको पछिल्लो गतिविधि देख्दा त्यस्तै हो कि भन्ने जस्तो पनि देखिन्छ ।
नेपालमा ठूला भनिएका लगानीकर्ताहरूले खुलमखुला सामाजिक सञ्जालमा आएर बजारलाई प्रभावित पार्ने अभिव्यक्तिहरू दिइरहेका छन । यसरी लगानीकर्ता प्रभावित पार्ने काम गरिरहँदा पनि नियामक निकाय भने आँखा चिम्लेर बसेका छन ।
शेयर बजारमा धेरैले अग्रजको रुपमा लिने नाम हो अम्बिका पौडेल र शिव चन्द्र । उनीहरूले आफ्नो सामाजिक सञ्जाल मार्फत एकले अर्कोलाई चर्को आलोचना गरिरहेको पछिल्ला केही पापिष्टहरूले प्रष्ट पारेको छ । केही स्टकमा भएको चलखेलको विषयलाई लिएर उनीहरु विच वाक युद्ध भएको छ भने त्यसको लागि माध्यम भने सामाजिक सञ्जाल बनाइएको छ ।
उनीहरूको चर्तिकलाको सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरेपछि आफ्नो भनाई शेयर बजार प्रति लक्षित नभएको बताएका थिए । उनीहरु बीच भएको सामाजिक सञ्जाल बार यस्तो छ