दिनैभरि हरियाली रहेको बजार बन्द हुने बेलामा घट्यो,कारोबार रकम भने ४ अर्बमाथि

काठमाण्डौ । अइतबार दोहोरो अंकले बढेको बजारमा सोमबार भने ब्रेक लागेको छ । आज नेप्से परिसूचक ९ अंक भन्दा धेरैले घटेको छ । 

आजको गिरावटसँगै समग्र ब जार २०७६ विन्दुमा पुगेको छ । दिनैभरि नेप्सेमा हरियाली थियो भने अन्तिम घण्टामा मात्र बजार घटेको थियो । नेप्से घटे पनि आज कारोबार रकममा भने उछाल आएको छ ।

लामो समयपछि नेप्सेमा ४ अर्ब ३४ करोडमाथिको शेयर किनबेच भएको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । आज २३४ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ । 

आज बीमा उपसूचह बाहेक अरु सबै उपसमूह घटेका छन । लद्युवित्तको उपसूचक आज सबै भन्दा धेरै घटेको छ । 

 
 

प्रतिक्रिया