काठमाण्डौ - भर्खर जन्मिएको शिशुलाई हत्या गरि गाडिएको अबस्थामा शव फेला परेको छ । दुखको कुरा त के छ भने हत्यामा उनकै आमाको समेत संलग्नता भेटिएको छ ।
नवजात शिशुको घाँटी थिचेर हत्या गरि खाल्डोमा हालिएको थियो । यो कार्यमा जन्म दिने आमा,उनकी आमा,बुबा र श्रीमानको समेत संलग्नता रहेको प्रहरीको अनुमान छ ।
घटना रंगेली नगरपालिका ५ को आँपगाछी टोलको हो । पक्राउ पर्ने आमा सोहि स्थान बस्ने २५ वर्षीया खुश्बु मण्डल हुन्।
मण्डलले आइतबार राति साढे ८ बजे छोरीलाई जन्म दिएकी थिइन्। छोरी जन्मिएपछि उनले आफ्ना आमाबुवाले सञ्चालन गर्दै आएको रंगेली(५ स्थित चाँदनी चोकमा रहेको पसलभित्र खाल्डो खनेर गाडेकी थिइन्। यो सबै काम भने खुश्बुले आफ्नो परिवारको सहमति र मिलेमतोमा गरेको देखिएको एसपी जिसीले सेतोपाटीलाई बताए।
छोरी जन्मिएका कारण परिवारनै मिलेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या पछि मदिरा पसल भित्र खाल्डो खनी शव गाडेको अबस्थामा प्रहरी फेला पारेको थियो । घटनामा संलग्न रहेकी खुश्बु, उनका ५० वर्षीय बुवा नागेश्वर मण्डल, उनकी ४८ वर्षीया आमा उर्मिला मण्डल र श्रीमान् २८ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको जिसीले बताए।