सन्दिप फेरी समस्यामा पर्ने संकेत,सर्वोच्चको आयो यस्तो आदेश 

काठमाण्डौ । आज मात्र क्यानको बन्द परिक्षणमा समावेश भएका पूर्व नेपाल राष्टिय टिमका कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चले उनीसँग सम्बन्धीत कागजपत्र झिकाउन आदेश दिएको छ । 

न्यायाधीश हरि फुयाँलको शुक्रबारको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात  झिकाउन आदेश दिएको हो ।


जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय