काठमाण्डौ । बिहीबार प्रिओपन सेसनमा नेप्से ०।५२ अंकले बढेर समग्र बजार १९६६ विन्दुमा पुगेको छ ।
सोमबारबाट कारोबार सुरु भएको यो हप्ताको कारोबार अवधिमा शेयर बजार राताम्मे भएको छ । यो सेसनमा आज ८ कम्पनीको १ लाख ४८ हजार माथिको शेयर किनबेच भएको छ भने ५ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै २ कम्पनीको घटेर कारोबार हुँदा १ कम्पनीको भने यथावत रहेको छ ।
यो सेसनमा आज लक्ष्मी बैंकको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ । बैंक क्षेत्रमा लगानीकर्ताको ध्यान जाँदा जलविद्युत कम्पनीमा पनि लगानीकर्ता झुम्मिएको देखिन्छ ।