खप्तड लघुवित्तले आइपीओ निष्कासन गर्ने

काठमाडौ - यसै हप्ता आइपीओ निष्कासनको लागि २ कम्पनी थपिएका छन् । यो सँगै आइपीओ निष्कासन गर्ने कम्पनीहरु २ दर्जन हाराहारी पुगेका छन् । 

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बैशाख ११ गते आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले १ करोड ३२ लाख रुपैयाँको आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १ लाख ३२ हजार कित्रा आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय