काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २१९३ विन्दुमा आएको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । २१७ कम्पनीहरूको शेयर किनबेचमा ३ अर्ब २९ करोड भन्दा धेरैको कारोबार भएको छ । आज कारोबार भएका मध्य ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
९२ भन्दा धेरै कम्पनीको शेयर मूल्य घटेर कारोबार हुँदा ब्यापार उपसूचकमा धेरै वृद्धि भएको छ । आज बिमा समूहको उपसूचक सबै भन्दा धेरै घटेको छ भने शिवम् सिमेन्टको शेयर धेरै मूल्यको किनबेच भएको छ ।