काठमाण्डौ । बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २००१ विन्दुमा पुगेको छ । आज नेप्से १७.७१ अङ्कले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि आज निकै सुधार आएको छ । २२० कम्पनीहरूको २ अर्ब ४१ करोडमाथिको शेयर किनबेच भएको छ । नबिल प्रगति फन्डको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा एनआईसी एसिया बैंकको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।
आज सबै उपसूचकमा हरियाली छाएको छ भने लघुवित्त उपसूचक धेरै अङ्कले बढेको छ ।