निफ्राले ऋणपत्र निष्कासन गर्ने,कति छ ब्याजदर ?

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक ७ प्रतिशत व्याज भएकाे "७ वर्ष, ७% निफ्रा उर्जा ऋणपत्र, २०८५/८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया