काठमाण्डो - आज विहानै पिकअप गाडी खोलाले बगाउदा चालकको ज्यान गएको छ । साथै अन्य ५ जना घाइते भएका छन ।
धनुषा लक्ष्मीनियाँको जनकपुरधाम ढल्केवर सडकमा सो दुर्घटना भएको हो । प्रदेश २ को ००३५ नम्वरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । पिकअप खोलामा खस्दा चालक महोत्तरीका दीपक यादवको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरधामममा उपचारका क्रममा मृत्यु भएको सुनारले बताए ।
उक्त दुर्घटनामा दीपकका ३८ वर्षीया श्रीमती ऋचा यादव, १३ वर्षीय छोरा गेहेन्द्र यादव, ३९ वर्षीय भाइ नवीन, नवीनकी ३३ वर्षीया श्रीमती अम्बिका र मटिहानी नगरपालिकाका ४५ वर्षीय त्रिलोक यादव घाइते भएका छन् ।