काठमाण्डौ । समीक्षा अधिकारीको प्रेम सम्बन्धको विषयमा मिडियामा कुरा आएपछि त्यस विषयमा नायक पल शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन ।
सामाजिक सञ्जाल मार्फत उनले मिडियामा आएका कुराहरु झुट भएको बताएका छन । साथै उनले अडियोमा बोलेको आवाज आफ्नो नभएको समेत जिकिर गरेका छन । उनले समीक्षालाई प्रयोग गरेर केहीले आफू माथि नियोजित प्रहार भएको साथै त्यसको अडियो प्रमाण समेत आफूसँग रहेको उनको भनाई छ ।