फोहोरमा फेरी राजनीति,भदौ १ गतेदेखि बन्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं - काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडावासीले रोकेका छन् ।

काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि गाडीहरुको बाटोमै लाइन लागेको काठमाडौँ नगर प्रहरीले जनाएको छ ।

महानगरबाट फोहोर बोकेका करिब ६० वटा गाडीलाई स्थानीयले बाटोमै रोकेका हुन् । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर बिहीबारदेखि उठाउन शुरु गरेको थियो ।

यता बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आउँदो भदौ १ गतेदेखि बञ्चरेडाँडातर्फ फोहोर लैजान नदिने जनाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक श्रीराम ढुंगानाले यस्तो बताएका हुन् ।

महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको समितिका संयोजक ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय