नविल बैंकलाई सर्वाेच्च अदालतको झड्का

काठमाडौ - नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रिया राेक्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ।

सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले साे अल्पकालीन आदेश जारी गरेको हो ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएकाे हाे ।

एनबी बैंकका सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले एक्विजेशन प्रक्रिया भाँड्नको लागि सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

जेठ ३ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको छ । सर्वोच्च अदालतले जेठ ३ गते राष्ट्र बैंकलाई पनि बोलाएको छ । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।

प्रतिक्रिया