काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का दोस्रो पटक गएको छ । मंगलबार राति ९ बजेर ७ मिनेटमा पहिलो भुकम्प धक्का जाँदा एक घण्टा नपुग्दै फेरि अर्को धक्का गएको हो ।
पहिलो धक्का डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पहिलो पटक ९ बजेर ७ मिनेटमा आएको भूकम्पको धक्का ९ बजेर ५७ मिनेटमा पुनः महसुस गरिएको छ ।भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको केन्द्रले जनाएको छ।
भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।