काठमाण्डौ । सोमबार शतक हाराहारीमा घटेको शेयर बजारमा मंगलबार भने नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेको छ । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ६१ प्रतिशतले बढेर १९२७ दशमलव २८ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ०९ अंकले बढेको छ । दिनभर भएका ३० हजार ६ सय ९६ कारोबारबाट २२६ कम्पनीका ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ पुगेको छ ।