बद्री सापकोटाको नयाँ गीत सुनेपछि दर्शकले भने सम्भावना भएको गायक,उत्कृष्ट सिर्जना ( भिडियो सहित)

काठमाडौं - नेपाली गीत संगीतमा धेरै यस्ता लुकेका प्रतिभा छन् जसलाई मिडियाले पनि चिन्न सकेका छैनन्। गीतको सम्पूर्ण पक्ष दमदार हुँदा पनि कतिपय गीतहरू सबै दर्शक माझ पुग्न सक्दैन् । 

यस्तै एउटा गीतको आज हामीले यहाँ चर्चा गर्दै छौं । पछिल्लो समय सार्वजनिक भएको गीत बस बस पियारी को शब्द संगीत र आवाजले धेरै दर्शकको मन् जितिरहेको छ । 

माया प्रेमलाई विषय बनाई निकै कलात्मक शब्द र सुमधुर लय सहित तयार पारिएको सो गीतमा कुनै नाम चलेका कलाकार छैनन् तर गीतको सम्पूर्ण पक्ष भने निकै उत्कृष्ट बनाईएको छ । 

गीतमा कलाकार बद्री सापकोटाले आवाज दिएका छन् भने संगीत पनि उनैको रहेको छ । आवाजमा उनलाई सुनिता शर्माले साथ दिएकी छन् । उनीहरूको आवाजमा निकै सम्भावना रहेको प्रष्ट सुन्न सकिन्छ । गीतको शब्द भने कृष्ण लामिछानेले कोरेका छन् । 

जेरी भण्डारीको निर्देशन रहेको गीतमा ओवि रायमाझी र अञ्जली अधिकारीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया