काठमाडौं – नेपाली महिला टोलीले काभा वुमन्स लिगमा ऐतिहासिक जीत हासिल गर्दै भारतलाई पराजित गरेको छ। शनिबार दिउँसो दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो।एसियाकै भलिबलमा शक्तिशाली मानिने भारतलाई पराजित गर्दा नेपाली टोलीका स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी र लिबेरो सलिना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे।काभा वुमन्स लिगमा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन्, जसमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। यसअघि नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो। नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गर्दै विजय हासिल गरेका थिए।