गोरखा : मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)ले बाहुन-क्षेत्रीलाई नेपालबाट लखेट्नु पर्ने अभिब्यक्ति दिएको छ ।
गोरखा, लम्जुङ, तनहूँ र कास्कीको संयुक्त ३३औ स्थापना दिवस समारोहमा बोल्दै केन्द्रीय सभाका प्रवक्ता दिलिप धिमालले जनै र धोती मात्र लिएर शरणार्थीको रुपमा नेपाल छिरेका बाहुन क्षेत्रीलाई कुनै दिन यो देश छोड् भन्न सक्ने चेतावनी दिएका हुन् । ‘
गोरखाको लिगलिगकोटमा घले राजालाई विस्थापितगरी शाहवंश स्थापना भएको इतिहास कोट्याउँदै नेता धिमालले यहीँ जिल्लाबाट बाहुन क्षेत्रीलाई दबाएर मंगोलको जितको अभियान सुरु गर्ने चेतावनी दिए । ‘गोरखा जिल्ला भनेको हाम्रो पुर्खाहरुलाई षड्यन्त्रपूर्वक दमन गरेर हत्या गरेको ऐतिहासिक जिल्ला हो । यो जिल्लाबाट नै मूलबासी मंगोलहरुको दुर्दिन सुरु भएको जगजाहेरै छ’, उनले भने, ‘यहीँ गोरखा जिल्लामा घले राजाको टाउको ठुन्काएको इतिहास छ । मूलबासी मंगोललाई दबाएकै भरमा पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भनेको छ तर हामी उसलाई अराष्ट्रिय तत्व मान्छौ ।
यो देश सबैको साझा फूलबारी हो भन्ने तर बाहुन क्षेत्री मात्र फूलिरहेका छन् । मूलबासी मंगोल कोही किन फूल्न सकेका छैनन् रु किनभने उनीहरुले हामी मूलबासी मंगोललाई बझाएर, जुधाएर सिध्याउन लागेका छन् । हामीलाई आदिवासी, जनजाती भनेर उनीहरु मूलबासी बन्न खोजिरहेका छन् । यस्ता बाहुन क्षेत्रीलाई हामी पूजा गरिरहन सक्दैनौँ । गाली नै गरिरहनेछौँ ।’
बाहुन क्षेत्रीहरुलाई त आवश्यक परेका बेला ‘हायर’ गरेर ल्याएको मात्र हो । तर उनीहरुले लोकतन्त्रको खिल्ली उडाँए, बदनाम गराए । अब तिनीहरुलाई चुनावी प्रक्रियाद्वारा ‘फायर’ गरिदिनुपर्छ । लोकतन्त्र हामीले ल्याएका हौँ । हामीले चाँहे मात्र लोकतन्त्र खारेज हुन्छ । हामीले नचाँहे खारेज हुँदैन ।’