नेपालमा एकै दिन ठूलो संख्यामा ओमीक्रोन देखियो

काठमाडौं- नेपालका धेरै स्थानमा ओमिक्रोन भेरियन्ट फैलिएको पत्ता लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।

पुसमा संकलित १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थियो। एस जिन नेगेटिभ पत्ता लागेका मध्ये २४ नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

ओमिक्रोन भेरियन्टले बढ्न सक्ने बिरामीहरुको चापलाई ध्यानमा राखी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्री र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय