काठमाण्डौ - जातको आधारमा कोठा भाडामा नदिएको विषयलाई बंगाएर समाचार लेख्ने ६ अनलाइनहरुलाई प्रेस काउन्सिल नेपाल ले बन्द गर्न सिफारिस गरेको छ ।
केही मिडियाहरुले रुपाले इयूको पैसा खाएको भनी समाचार लेखेका थिए । त्यस्तो समाचार लेख्ने अनलाइन बिरुद्द कारबाहीको माग गर्दै रुपाले काउन्सिलमा निदेबन दिएकी थिइन् ।
खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले पत्र पठाएको हो ।
यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहित रुपाले जाहेरी दिएकी थिइन् । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेकी छन् ।