पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको अधिवेसमा सम्पन्न

कमल राज ढकाल/चितवन - पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको १४ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । 

शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति भने चयन गर्न सकेन । "शुद्व खानेपानी,स्वस्थ जीवन" पदमपुर क्षेत्रका प्रत्येक घरधुरीलाई सहज रुपमा पिउने पानी वितरण गरिने पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो योजना बनाएको छ । 

हिजो शनिवार कार्यक्रमको आयोजना गरि १४ औं साधरण सभा तथा छैठौं अधिवेशनमा गरिएको हो । सो कार्यक्रममा समितीका फनिन्द्र क्षेत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो । 

पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत पदमपुरमा ३ हजार ८ सय ४९ वटा धारा जडान भएको छ । जडान भएको धारा मध्ये ३ हजार ७ सय ९५ वटा धारा मात्रै चालु अवस्थामा छ । आगामी दिनमा सबै पदमपुरवासीलाई पिउने पानीको पहूँच पुर्याउने समितिको लक्ष्य छ ।

२०६० सालमा स्थापना भएको पदमपुरकै पहिलो ४ लाख ५० हजार लिटर क्षमता भएको ओभरह्याड ट्याँकीले १५ हजार बढीले पानी उपभोग गरिरहेका छन् । पदमपुर खानेपानी तथा सरसफाई समिति मार्फत पदमपुरमा थप पानी ट्यांकी निर्माण भइरहेका छन् । पदमपुरका स्थानीयलाई सफा र सुद्ध पिउने पानी व्यवस्थापन गर्न आफु सधै लागिपर्ने बागमती प्रदेशका सांसद कृष्ण प्रसाद सिल्वालले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद सिलवालले पदमपुर खानेपानी ट्यांकी नहुँदा पदमपुरबासीले भोग्नुपरेको पीडालाई स्मरण गर्नुभयो । उहाँले पदमपुरसँगै कालिका नगरपालिकाका हरेक नगरबासी सम्म पिउने पानी पुर्याउन आफु सधै सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । 

सो कार्यक्रममा कालिकाका नगर प्रमुख विनोद रेग्मीले पिउने पानी व्यवस्थापन गर्ने नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । नगरपालिकाले पिउने पानी व्यवस्थापनका लागि नगर क्षेत्रका विभिन्न वडाहरुमा लाखौं रुपैयाँ खर्च गरेर संरचना निर्माण गरिरहेका जानकारी दिनुभयो । भएका संरचनालाई व्यवस्थित बनाउने र अपुग भएका ठाउँमा थप संरचना बनाउँदै अगाडी बढ्ने नगरपालिकाको योजनानै रहेको उहाँले बताउनुभयो ।सो कार्यक्रममा लेख समिती संयोजकले लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गर्दै २ करोड ५४ लाख सस्था नाफा रहेको बताउनु भयो 

कार्यक्रममा कालिका नगरपालिकाका उप प्रमुख राजनीतिक दलहरु, वडाध्याक्ष हरु जनप्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, उपभोक्ताहरुको समेत सहभागीता थियो । पाँच सदस्य निर्वाचन समिती गठन गरि सभा बिसर्जन भएको जनाकरी दिनु भयको हो । कार्यक्रम पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा आयोजना गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय