काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज अन्तिम दिन अर्थात कात्तिक २ गते साँझ ५ः०२ बजेसम्ममा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २५.२१ गुणा बढी आवेदन हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको हो ।
यो मध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।